समृद्धि र राष्ट्रिय स्वाधीनताको लागि सभामुख घिमिरेको पक्षमा मतदान गरौँ: हितराज पाण्डे

काठमाडाैं | माघ ५, २०७९

समृद्धि र राष्ट्रिय स्वाधीनताको लागि सभामुख घिमिरेको पक्षमा मतदान गरौँ:  हितराज पाण्डे

काठमाडौं:  सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभएको छ ।


बिहीबार प्रतिनिधिसभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्नुहुँदै प्रमुख सचेतक पाण्डेले त्यस पक्षमा मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभएको हो ।


सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्नुहुँदै प्रमुख सचेतक पाण्डेले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क गर्नुभयो । उहाँले मुलुकको समृद्धि र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न पनि सभामुख पदमा योग्य व्यक्तित्व आवश्यक भएकाले आफूले घिमिरेलाई उम्मेदवारी दिन समर्थन गरेको पनि दोहोर्‍याउनुभयो ।


‘‘हामी नेपालको सुशासन, समृद्धिका साथ अब सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध बनाएर सदनको माध्यामबाट हामी सबै जनतालाई व्यवस्थित गरेर अब नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षाका साथ अगाडि बढ्नुपर्ने जो दायित्व छ । त्यसका लागि यो सदनमा अब हामीले व्यवस्थित र प्रभावकारी बनाउनका लागि आज हामी जो निर्वाचन गर्दैछौं ।,’’ प्रमुख सचेतक पाण्डेले भन्नुभयो,  ‘‘त्यसका लागि माननीय देवराज घिमिरे योग्य हुनुहुन्छ, सक्षम हुनुहुन्छ । त्यसैले उहाँलाई यस सदनको नेतृत्वको रुपमा सभामुख पदमा यहाँ भएका सबै दलहरु, स्वतन्त्र माननीयज्यूहरु सबैले उहाँको पक्षमा मतदान गरिदिनुहुनेछ । त्यही अपिल सम्माननीय सभामुखज्यूमार्फत सम्पूर्ण माननीयज्यूलाई अनुरोध गर्दछु ।’’


प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकताबद्ध भएर अघि बढाउन पनि  घिमिरेको नेतृत्वमा सङ्घीय संसद् भए सहज हुने दाबी गर्नुभयो ।
    

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्